ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालको टि–२० वरियता खस्कियो

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ  : नेपालको टि–२० वरियता खस्किएको छ ।

आईसीसीले बिहिवार सार्वजनिक गरेको वरियतमा नेपाल एक स्थान तल झरेको हो । यसअघि १७ औँ स्थानमा रहेको नेपालको वरियता एक स्थान खस्किदै १८ औँ स्थानमा आईपुगेको हो । नेपाललाई अमेरिकाले उछिनेको छ ।

यसअघि १८ औँ स्थामा रहेको अमेरिका १७ औँ स्थानमा पुगेको हो । नयाँ वरियतामा भारत शिर्ष स्थानमा छ । अष्ट्रेलिया दोस्रो,इंग्ल्याण्ड तेस्रो,वेष्टईण्डिज चौथो तथा न्यूजल्याण्ड पाँचौ स्थानमा छ । पाकिस्तानको पनि वरियता एक स्थान खस्किँदै ७ औँ स्थानमा आईपुगेको छ । एक स्थान सुधार गरेको दक्षिण अफ्रिका छैँटौ स्थानमा छ । युएई १६ औँ तथा ओमान १९ औँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्