ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

वेष्टइण्डिजद्धारा न्यूजल्याण्डसामु १५० रनको चुनौति

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ : आईसीसी टि–२० विश्वकप क्रिकेटमा वेष्टइण्डिजले न्यूजल्याण्डसामु जितका लागि १५० रनको चुनौति पेश गरेको छ ।

ब्रायन लारा स्टेडियम तारौबा, त्रिनिदादमा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित ओभरमा ९ विकेट  गुमाएर १४९ रन बनायो ।

वेष्टइण्डिजकालागि शेर्फेन रदरफोर्डले बिस्फोटक ब्याटिङ गर्दै नटआउट ६८  रनको योगदान गरे । ३९ बलको सामना गरेका उनले २ चौका र ६ छक्का प्रहार गरे । निकोलस पुरनले १७ ,अकेल होसेनले १५ तथा आन्द्र रसेलले १४ रन जोडे ।

निकोलस पुरन वेष्टइण्डिजका लागि सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले अहिले सम्म १९१४ रन बनाएका छन् । क्रिस गेलले १८९९ रन बनाएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्