ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला एशिया कप :

महिला राष्ट्रिय टोलीबाट ८ खेलाडी बाहिरिए

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ : महिला एशिया कपकालागि प्रारम्भिक टोलीबाट ८ खेलाडी बाहिरिएका छन् । यसअघि ईन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएकोमा अहिले टोलीमा २० जना मात्र समावेश गरिएको नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । क्यानले जारी गरेको नयाँ टोलीमा कप्तान वर्मासंगै रुबिना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डल्ली भट्ट, बिन्दु रावल, रोमा थापा,रुबी पोद्दार (विकेटकिपर) रहेकी छन् । यस्तै लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, अस्मिना कर्माचार्य, सबनम राई, कृतिका मरासिनी र राजमती ऐरी टोलीमा अटाएकी छन् । 
टोलीबाट बाहिरिएका  ८ खेलाडीहरु  :
सबनम राई,खुशी डंगोल, करुणा भण्डारी, आरती महतो, सावित्री धामी, यशोदा विष्ट छन् । यस्तै सोनी पाखरिन, र हेलिशा गुरुङ पनि टोलीबाट बाहिरिएकी छन् ।
एसिया कप आगामी आगामी जुलाई १९ बाट श्रीलंकामा हुँदैछ । एसिया कपमा नेपाल, भारत, पाकिस्तान ,युएई ,बंगलादेश ,श्रीलंका, मलेसिया र थाईल्याण्ड सहित ८ टोली सहभागी छन् । नेपाल रहेको समुह एमा भारत,पाकिस्तान जस्ता बलिया टोली रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुलाई १९ मा पाकिस्तानसंग खेल्ने छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्