ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

न्यूजल्याण्डलाई हराउँदै वेष्टइण्डिज सुपर -८ मा 

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ : वेष्टइण्डिज आईसीसी टि–२० विश्वकप क्रिकेटको सुपर -८ मा प्रवेश गरेको छ ।

बिहिवार बिहान भएको खेलमा न्यूजल्याण्डलाई १३ रनले हराउँदै समुह "सी" बाट वेष्टइण्डिज सुपर -८ मा पुगेको हो । जितका लागि वेष्टइण्डिजले दिएको  १५० रनको लक्ष्य पछ्याएको न्यूजल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो ।

न्यूजल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रनको योगदान गरे । फिन एलनले २६ मिचेल सान्टारले २१,तथा ड्यारिल मिचेलले १२ रन जोडे  । बलिङतर्फ अल्जारी जोसेफले सर्वाधिक ४ तथा गुडाकेश मोतीले ३ विकेट लिए ।

त्यसअघि ब्रायन लारा स्टेडियम तारौबा, त्रिनिदादमा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित ओभरमा ९ विकेट  गुमाएर १४९ रन बनायो । वेष्टइण्डिजकालागि शेर्फेन रदरफोर्डले बिस्फोटक ब्याटिङ गर्दै नटआउट ६८  रनको योगदान गरे । ३९ बलको सामना गरेका उनले २ चौका र ६ छक्का प्रहार गरे ।

निकोलस पुरनले १७ ,अकेल होसेनले १५ तथा आन्द्र रसेलले १४ रन जोडे । निकोलस पुरन वेष्टइण्डिजका लागि सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले अहिले सम्म १९१४ रन बनाएका छन् ।

क्रिस गेलले १८९९ रन बनाएका थिए । यो संगै लगातार तेस्रो जित निकालेको वेष्टइण्डिज ६ अंक सहित समुहको शिर्ष स्थानमा छ । खेलेका दुबै खेलमा जित निकालेको अफगानिस्तान दोस्रो स्थानमा छ ।

समुह "सी" बाट वेष्टईण्डिजसंगै  अफगानिस्तान पनि सुपर -८ पुग्ने लभगभ पक्का छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्