ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सय खेल भन्दा नेपालको जर्सी लगाएर खेल्दा गर्व गर्छु :चेम्जोङ

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ :नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले नेपालको जर्सी लगाएर खेल्न पाउनु सबैभन्दा बढि गर्वको कुरा भएको बताएका छन् ।

साउदी अरबमा फिफा विश्वकप २०२६÷एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीवार स्वदेश फर्किएपछि पत्रकारहरुसंग कुरा गर्दै उनले आफ्नो लागि सय खेल भन्दा पनि महत्वपुर्ण र गर्वको बिषय नेपालको जर्सी भएको बताएका हुन् ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहद रंगशालामा गत मंगलवार यमनबिरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका थिए । त्यतिबेला उनलाई एन्फाले विशेष जर्सी उपहार दिएको थियो ।

 खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उनले  आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने प्रण समेत गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्