ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल र जापान एकै समुहमा 

बिहीबार, जेठ ३१, २०८१

काठमाडौँ । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटमा नेपाल समुह "एफ" मा परेको छ ।

बिहिवार मलेसियाको क्वालालम्पुरमा भएको ड्र पछि नेपाल एसियाली महारथी जापान र कतारसँगै समुह "एफ"मा परेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । समुह "एफ"मा मंगोलिया पनि छ । यस समुहका सबै खेल आगामी अक्टोबर २३ देखि २७ तारेखसम्म अर्थात् कार्तिक ७ गतेदेखि ११ गतेसम्म कतारमा आयोजना हुनेछ । शीर्ष टोली सन् २०२५ एएफसी १७ वर्षमुनिको एशिया कपका लागि योग्य हुनेछ ।

नेपाल परेकै समुहमा रहेको जापान साविक विजेता हो । २०२३ मा थाइल्याण्डमा भएको प्रतियोगितामा जापानले दक्षिण कोरियामाथि जित दर्ता गरेको थियो । २०२३ को छनोटमा नेपाल भियतनाम, थाइल्याण्ड र चाइनिज ताइपेइविरुद्ध पराजित हुन पुगेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्