ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आयरल्याण्ड वुल्भ्स १५७ रनमा अलआउट

बुधबार, चैत २१, २०८०

काठमाण्डौ :आयरल्याण्ड वुल्भ्स बिरुद्धको पहिलो एक दिवशीय श्रृखंलामा घरेलु टोली नेपाल ए ले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको वुल्भ्स ३८.३ ओभरमा अलआउट हुँदै १५७ रनमा समेटियो । आयरल्याण्ड वुल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन जोडे ।

कप्तान निल रकले ३९ तथा पिटर मूरले २१ को योगदान गरे । बलिङतर्फ बकमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिए । शहाब आलम र मौसम ढकालले २–२ विकेट हात पार्दा रिजन ढकालले एक विकेट आफ्नो नाममा लेखाए ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्