ADD FOR WEBSIDE ADD FOR WEBSIDE
तेस्रो टी–२० सिरिज:

वेस्टइन्डिज ‘ए’ संग नेपाल ७६ रनले पराजित

बुधबार, वैशाख १९, २०८१

बैशाख १९ काठमाण्डौँ । वेस्टइन्डिज ‘ए’ बिरुद्धका तेस्रो टी–२० सिरिजमा घरेलु टोली नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बुधबार भएको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको हो ।

जितकालागि वेस्टइन्डिज ‘ए’ ले दिएको २२८ रनको बिशाल लक्ष्य पछ्याएको नेपाल १९ दशमलब २ ओभरमा अलआउट हुँदै १५१ रनमा समेटियो । नेपालका लागि लोकेश बम र करण केसीले सर्बाधिक २८/२८ रन जोडे । कुशल मल्ल २०,बिनोद भण्डारी १९ तथा अनिल शाहले १४ रन जोडेपनि अन्य ब्याटरले दोहारो अंकको रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर टस जितेर पहिले ब्याटिङ थालेको वेस्टइन्डिज ‘ए’ ले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा २२७ रन को बिशाल स्कोर खडा गर्यो । वेस्टइन्डिज ‘ए’ का लागि जोन्सन चार्लसले सतकिय पारी खेल्दै ११९ रनमा नटआउट रहे । ६१ बलको सामना गरेका उनले चौकाको बर्षा गराउँदै १३ चौका र ७ छक्का प्रहार गरे ।

आन्द्रे फ्लेचरले ५३ , फेबियन एलेनले १९ तथा एलिक एथेनाजेले १७ रन जोडे । किमो पलले नटआउट १३ रनको योगदान गरे ।

बलिङतर्फ सागर ढकाल र करण केसीले एक/एक विकेट लिए ।पाँच टी–२० आई श्रृखंलामा  दुबै टोली १–१ को बराबरीमा छन् । जितसंगै वेस्टइन्डिज ‘ए’ ले श्रृखंलामा २–१ को अग्रता बनाएको छ । रोहित पौडल बिना मैदान उत्रिएको नेपालको कप्तानी दिपेन्द्र सिं 
ऐरीले सम्हालेका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्