ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

बंगलादेश सुपर -८ नजिक

नेदरल्यान्ड्स २५ रनले पराजित
शुक्रबार, जेठ ३२, २०८१

काठमाडौँ : वेष्टइण्डिज आईसीसी टि–२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्स बंगलादेशसंग पराजित भएको छ ।

बिहिवार राती भएको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले हराउँदै बंगलादेश सुपर -८ नजिक पुगेको छ । जितकालागि १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमा समेटियो ।

उसकालागि साईब्रेन्ट एनगेलब्रेक्टले सर्वाधिक ३३ रनको योगदान गरे । बिक्रमजित सिंले २६ तथा कप्तान स्कट एटवर्डले २५ रन जोडे । बंगालादेशको जितमा रिशाद हुसेनले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि सेन्टभिसेन्टमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगलादेशले निर्धारित २० ओभरमा १५९ रन बनाएको थियो । टोलीका लागि सकिब अल हसनले सर्वाधिक रन बनाए । हसनले ४६ बलमा ६४ रनको अविजित इनिङ खेले । उनले तान्जिद हसनसँग ४८ र महमुदुल्लाहसँग ४१ रनको साझेदारी पनि गरेका थिए ।  
बंगलादेश सुपर -८ को नजिक
नेदरल्यान्ड्सलाई पराजित गर्दै बंगलादेश सुपर -८ को नजिक पुगेको छ । खेलेका ३ खेल मध्ये २ खेलमा जित निकाल्दै बंगालादेश समूह डीको दोस्रो स्थानमा पुगेको छ । जितसंगै बंगलादेशको ४ अंक छ । नेट रन रेट पनि + ०.४७८ छ । यस समूहबाट श्रीलंका भने बाहिरिसकेको छ ।  अब हुने खेलमा बंगलादेशले नेपाललाई हराएमा सिधै सुपर-८ मा पुग्ने छ । तर नेपालसँग पराजित भएमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्धको अर्को खेलमा श्रीलंकाले जित्नु पर्ने छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्