ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

इंग्ल्याण्डसंग ओमान ८ विकेटले पराजित

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौँ :आईसीसी टि–२० विश्वकप क्रिकेटमा ओमान इंग्ल्याण्डसंग ८ विकेटले पराजित भएको छ ।

जितकालागि ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । इंग्ल्याण्डको जितमा जोस बट्लरले नटआउट २४ रनको योगदान गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३.२ ओभरमा ४७ रन मात्र बनाउन सक्यो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्