ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

पिएनजीले दियो अफगानिस्तानलाई ९६ रनको लक्ष्य 

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौँ : आईसीसी टि–२० विश्वकप क्रिकेटमा पपुवान्यूगिनी पिएनजीले अफगानिस्तासामु जितकालागि र।नको लक्ष्य दिएको छ ।

ब्रायन लारा स्टेडियम, तारौबा, त्रिनिदादमा टस हारेर पहिले ब्याटिङमा तानिएको पिएनजीले १९.५ ओभरमा सवै विकेट गुमाएर ९५ रन बनायो । उसकालागि किप्लिन डोरिगाले सर्वाधिक २७ ,अली नाओले १३ तथा टोनी उर्राले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

तीन जना ब्याट्सम्यान शुन्य रनमा पवेलियन फर्किदा कप्तान आसाद भालासहित ८ ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् ।  

पिएनजीलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ फजलहक फारुकीले सर्वाधिक ३ तथा नविन उलहकले २ विकेट हात पारे ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्