ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप

यी हुन विश्वकपको सुपर -८ मा पुग्ने पाँच टोली 

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौँ :आईसीसी टि–२० विश्वकप क्रिकेटको सुपर -८ मा पुग्ने पाँच टोलीको टुंगो लागेको छ ।

शुक्रवार भएको खेलमा पपुवान्यूगिनी (पिएनजी) लाई ७ विकेटले हराउँदै अफगानिस्तान पनि सुपर -८ मा पुगेको हो । यो संगै समुह "सी" बाट वेष्टइण्डिज र अफगानिस्तानले सुपर -८ मा स्थान बनाएको छ ।

जितकालागि पिएनजीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको जितमा गुलबदिन नायबले नटआउट ४९ रनको योगदान गरे । मोहम्मद नाबीले १६ रन जोडे ।

त्यसअघि ब्रायन लारा स्टेडियम, तारौबा, त्रिनिदादमा टस हारेर पहिले ब्याटिङमा तानिएको पिएनजीले १९.५ ओभरमा सवै विकेट गुमाएर ९५ रन बनायो । उसकालागि किप्लिन डोरिगाले सर्वाधिक २७ ,अली नाओले १३ तथा टोनी उर्राले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

तीन जना ब्याट्सम्यान शुन्य रनमा पवेलियन फर्किदा कप्तान आसाद भालासहित ८ ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् ।  पिएनजीलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ फजलहक फारुकीले सर्वाधिक ३ तथा नविन उलहकले २ विकेट हात पारे ।
यी हुन् सुपर -८ मा पुग्ने पाँच टोली :
समुह "ए"बाट : भारत
समुह "बी" बाट :अष्ट्रेलिया
समुह "सी" बाट :अफगानिस्तान र वेष्टईण्डिज
समुह "डि"बाट : दक्षिण अफ्रिका

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्