ADD FOR WEBSIDE ADD FOR WEBSIDE

“अब सम्पूर्ण खेलाडी, प्रशिक्षक र संघहरुले सोच्ने बेला भयो !” :युवराज लामा

१३ औं सागको पुरस्कार राशीसमेत दिईएन
शुक्रबार, जेठ ३२, २०८१

काठमाडौं : नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले खेलकुद मन्त्रालय र राखेपप्रति असन्तुष्टि पोखेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य सचिवसमेत रहेका लामाले आज(शुक्रवार) सामाजिक सञ्जालमार्फत् खेलकुद मन्त्रालय र राखेपमा आमुल परिवर्तन जरुरी देखिएको औंल्याएका छन् ।
“आजकल युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषदलाई दिनको दिन पत्र लेखेर राखेपलाई काम गर्न अल्जाउने, मन्त्रालयको निर्देशन भने राखेपले संघहरुलाई पत्र काट्ने र फाइल अड्काउने गरेको अनुभुती !!” व्यंग गर्दै उनले लेखेका छन्, “खेलकुद मन्त्रालयको महान कार्य खेलाडी पदक विजेता एरिका गुरुङ,कोच ब्यबस्थापकले पुरस्कार पाउने अनी नेपाल कराते महासंघले नपाउने किनकी १५–२० बर्षा अगाडी देखिको हिसाब फर्छ्यौट नभएकोले रे !! 
उनले महासंघमा आफु निर्वाचित भएपछिको सबै हिसाब फस्यौट भएको दाबी समेत गरेका छन् । उनले भनेका छन्, “म निर्बाचित भए पछी सबै हिसाब फार्छ्यौट छ !! शायद यो बिषय मानानीय मन्त्रुज्युलाई थाहा छैन होला !!”
मन्त्रालय र राखेपमा खेलकुद विज्ञ वा खेलकुद प्रशासन र व्यवस्थापन पढेको व्यक्ति नियुक्त हुने नीति नै नभएसम्म मन्त्रालयकै कारण खेल क्षेत्रमा सुधार आउन नसक्ने उनको बुझाई छ । उनले सम्पुर्ण खेलाडी, प्रशिक्षक र संघहरुले सोच्नेबेला भएको जिकिर गरेका छन् ।
“मन्त्रालय र राखेप कर्मचारी सहजिकरण र फ्यासिलेटर हो कि शासक हो ?” अध्यक्ष लामाको प्रश्न छ ।    
उनले कराते महासंघ र नेपाल तेक्वान्दो संघलाई १३ औं सागको पुरस्कार राशीसमेत नदिएको बताएका छन् । उनले लेखेका छन्, “१३ औँ सागको पनि नेपाल कराते महासंघ  र नेपाल ताइक्वोन्डो संघलाई पुरस्कार राशी दिएको छैन !! हैट यस्तो छ खेलकुद चलाउने राज्य संयन्त्र ।” 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्