ADD FOR WEBSIDE ADD FOR WEBSIDE

राजनिती गर्नेहरुले नेपाली क्रिकेट विभाजन गर्न खोजे : चन्द

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेट खेलको नाममा राजनिती गर्नेहरुले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा एमाले सांसद भिमप्रसाद आचार्यले क्यानले विश्वकपका नाममा मानव तस्करी गरेको गम्भिर आरोप लगाएपछि अध्यक्ष चन्दले राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउनुको सट्टा खेलकुदसँग सम्बन्धित केहि संस्था, व्यक्ति तथा मिडियाहरुले भ्रम सृजना गर्ने प्रयास गरेको बताएका हुन् ।

उनले आंशिक समेत सत्यता नभएको झुठो र कपोलकल्पित बुँदाहरु नेपालको गरिमामय सदनमा उठान गरेर एकजना माननीय सांसदज्युले सम्मानित सदनलाई गुमराहमा राख्नुका साथै आफुले प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत बिबादमा ल्याउन खोजेको देखिएको समेत उल्लेख गरेका छन् । 

यो पनि :क्यानमाथि लाग्यो यति ठूलो गम्भिर आरोप [भिडियो सहित]

448440196_886766873479694_5940814421465361769_n-1718384536.jpg


 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २२:४९
प्रतिक्रिया दिनुहोस्