ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

पाकिस्तान विश्वकपबाट बहिरियो, अमेरिका सुपर -८ मा

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौँ :उपाधि दाबेदार पाकिस्तान आईसीसी टि–२० विश्वकप क्रिकेटको समुह चरणबाटै बाहिरिएको छ ।

अमेरिका र आयरल्याण्डबीचको खेल रद्ध भएसंगै पाकिस्तान औपचारिक रुपमा विश्वकपबाट बाहिरिएको हो । अमेरिका र आयरल्याण्डबीचको खेल खराब मौसम र वर्षाका कारण रद्द भएको छ । फ्लोरिडाको लाउडरहिल क्षेत्रमा अवस्थित सेन्ट्रल ब्रोवार्ड क्षेत्रीय पार्क स्टेडियममा विगत केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।

शुक्रवार नेपाली समय अनुसार राती सवा ८ बजे खेल सुरु हुनुपर्नेभएपनि राती ११ २० सम्म पनि वर्षा नरोकिएपछि खेल टस समेत हुन नसकी रद्ध भएको हो । खेल रद्ध भएसंगै अमेरिका र आयरल्याण्डले ११ अंक बाँडेका छन् ।

अंक बाँड्दा ५ अंक भएपछि समुह "ए" बाट अमेरिका सुपर -८ मा प्रबेश गरेको हो ।

यस समुहबाट भारत यसअघि नै सुपर -८ मा पुगिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २३:३१
प्रतिक्रिया दिनुहोस्