ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीप लामिछाने टोलीमा पर्दा ललित राजवंशी बेञ्चमा

शनिबार, असार १, २०८१

काठमाडौँ : दक्षिण अफ्रिका विरुद्धको खेलमा नेपालले टस जितेको छ । वेष्टईण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा अहिले केहिबेरपछि सुरु हुने खेलमा टस जितेर कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । दक्षिण अफ्रिका विरुद्धको खेलमा ललित राजवंशी,सागर ढकाल,सन्दीप जोरा र कमल सिं ऐरी बेञ्जमा रहेका छन् । सन्दीप लामिछाने टोलीमा अटाएका छन् । 
यस्तो छ नेपालको प्लेईङ ११
१ .कुशल भुर्तेल, २. आसिफ शेख (विकेट), ३. अनिल साह, ४. रोहित पौडेल (क्याप्टेन), ५. कुशल मल्ल, ६. दीपेन्द्र सिंह ऐरी, ७. सोमपाल कामी, ८ .गुलशन झा, ९. करण केसी, १०. सन्दीप लामिछाने, ११ .अविनाश बोहरा ।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०५:१३
प्रतिक्रिया दिनुहोस्