ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य 

शनिबार, असार १, २०८१

काठमाडौँ : दक्षिण अफ्रिका विरुद्धको खेलमा नेपालले जितका लागि ११६ रनको लक्ष्य पाएको छ ।

वेष्टईण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो ।

दक्षिण अफ्रिकाकालागि रीजा हेन्ड्रिक्सले सर्वाधिक रनको ४३ योगदान गरे । ४९ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे ।

 ट्रिस्टन स्टब्सले २७ ,कप्तान एडन मार्क्रमले १५, क्विन्टन डि’ककले १० हेनरिक क्लासनले ३ रन जोडे । डेभिड मिलरले ७ रन जोडे । बलिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । दिपेन्द्र सिं ऐरीले ३ विकेट लिए ।
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्