ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

विश्वकबाट बाहिरियो नेपाल ,दक्षिण अफ्रिकासंग १ रनले पराजित 

फिनिसिङमा चुक्यो नेपाल
शनिबार, असार १, २०८१

काठमाण्डौ : दक्षिण अफ्रिकासंग पराजित हुँदै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । शनिवार विहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासंग १ रनले पराजित भएको हो ।

जितकालागि दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो ।

नेपालकालागि आशिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । ४९ बलको सामना गरेका उनले ४ चौका र एक छक्का प्रहार गरे । अनिल शाहले २७ तथा कुशल भुर्तेलले १३ रन जोडे । दिपेन्द्र सिं ऐरीले ६ रन जोड्दा  कप्तान रोहित पौडेल र कुशल मल्लले खाता नै खोल्न सकेनन् ।  सोमपाल कामी ८ रनमा अविजित रहँदा गुल्शन झा ६ रनमा रनआउट हुन पुगे ।

त्यसअघि वेष्टईण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाकालागि रीजा हेन्ड्रिक्सले सर्वाधिक रनको ४३ योगदान गरे । ४९ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे ।  ट्रिस्टन स्टब्सले २७ ,कप्तान एडन मार्क्रमले १५, क्विन्टन डि’ककले १० हेनरिक क्लासनले ३ रन जोडे ।

डेभिड मिलरले ७ रन जोडे । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ४ तथा दिपेन्द्र सिं ऐरीले ३ विकेट लिएका थिए । 
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्