ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

आयरल्याण्डले पाकिस्तानलाई दियो १०७ रनको लक्ष्य 

आइतबार, असार २, २०८१

काठमाडौँ : टि–२० विश्वकप क्रिकेटमा आयरल्याण्डले पाकिस्तान सामु जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लाउडरहिलमा टस जितेर पहिले ब्याटिङ थालेको आयरल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो । उसकालागि ग्यारेथ डेलानीले सर्वाधिक ३१ तथा जोश लिटिलले अविजित २२ रन बनाए । मार्क एडेयरले १५ रन जोडे ।

कुनै बेला २ रन बनाउँदा २ विकेट गुमाएर निकै धर्मराएको आयरल्याण्डलले सम्मान जनक स्कोर बनाउन सक्यो ।

आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ शाहीन शाह अफ्रिदी र  इमाद वासिमले समान ३/३ विकेट लिए । मोहम्मद अमिरले २ तथा हरिस रउफले एक विकेट लिए । 
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्