ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अन्तराष्ट्रिय पदक विजेतालाई २ करोड ९७ लाख पुरस्कार 

आइतबार, असार २, २०८१

काठमाडौँ : सरकारले अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ ।

२०८१ साल बैशाख ७ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय अनुरुप सरकारले आईतवार सम्मान सहित पुरस्कार वितरण गरेको हो ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सरकारले सम्मान तथा पुरस्कार वितरण गरेको हो । १९ औं एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९ औं एशियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एशियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी मेन्स टि ट्वान्टी वल्र्ड कप फाइनल एशियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

सरकारको तर्फबाट खेलाडीहरुलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल लगायत सहभागी थिए ।

राखेपको सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले खेलाडीसहित टोलीको पुरस्कारका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको  थियो ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्