ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एक दशक अघि बंगलादेशसंग भोगेको हारको बदला लिन नेपाललाई मौका  

आइतबार, असार २, २०८१

काठमाडौँ :आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सोमवार विहान बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित आरनोस भेल स्टेडियममा सोमवार विहान ५:१५ बजे हुने खेल बंगलादेशका लागि निकै महत्वपूर्ण छ । सुपर ८ मा पुग्न  बंगलादेशलाई नेपाललविरुद्ध जित्नै पर्ने दबाब छ ।

 सुपर ८ को दौडबाटै बाहिरिसकेकाले नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ ।

यद्धपि नेपाललाई १० बर्षपछि भोगेको हारको बदला लिनै अवसर पनि छ । सन् २०१४ मा पहिलो पटक विश्वकप खेल नेपाल बंगालादेश संग पराजित भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २३:१८
प्रतिक्रिया दिनुहोस्