ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालको उत्कृष्ट बलिङमा बंगालादेश १०६ रनमा अलआउट

सोमबार, असार ३, २०८१

काठमाडौँ :नेपालले कसिलो बलिङसंगै उत्कृष्ठ फिल्डिङ गरेपछि बंगलादेश १०६ रनमा अलआउट भएको छ ।

वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित आरनोस भेल स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको बंगलादेशले १९.३ ओभरमा सवै विकेट गुमाएर १०६ रन बनायो ।

नेपालले कसिलो बलिङसंगै उत्कृष्ट फिल्डिङ गरेपछि बंगालादेश पूरा ओभर टिक्न सकेन । बंगलादेशकालागि शकिब अल हसनले सर्बाधिक १७ रनको योगदान गरे । रिशाद हुसेन र मोहम्मद महमुदुल्लाहले १३ १३ रन बनाउँदा जाकर अलीले १२ रन जोडे ।  लिटन दासले १० नजमुल रन जोड्दा  कप्तान हुसेन शान्तो ४ रनमा पवेलियन फर्किए । 


बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ रोहित पौडेल र सोमपाल कामी सन्दीप लामिछाने र दिपेन्द्र सिं एरीले समान २/२ विकेट हात पारे ।

सन्दीपको एक सय विकेटको किर्तिमान :

यहि खेलबाट सन्दीप लामिछानेको टी–२० अन्तराष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् ।

अमेरिकाले भिषा नदिएपछि अमेरिकामा खेल्न नपाएका उनले वेष्टईण्डिजमा दक्षिण अफ्रिकासंग खेलेपनि विकेट बिहिन रहेका थिए । बंगलादेशसंगको दोस्रो खेलमा उनले दुई विकेट लिएसंगै टी–२० अन्तराष्ट्रिय क्रिकेटमा उनले एक सय विकेटको किर्तिमान बनाएका हुन् । टी–२० अन्तराष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने लामिछाने पहिलो नेपाली खेलाडी हुन् ।
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्