ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकाले दियो नेदरल्याण्डसामु २०२ रनको चुनौति 

सोमबार, असार ३, २०८१

काठमाडौँ : आइसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले नेदरल्याण्डसामु जितका लागि २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनायो ।

उसकालागि चरित असालान्का र धनञ्जय डी सिल्भाले समान ४६/४६रनको योगदान गरे । एन्जेलो म्याथ्यूज ३० तथा कप्तान वानिन्दु हसरंगा २० रनमा अविजित रहँदा कुशल मेण्डिसले १७ रन जोडे । 
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्