ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टि–ट्वान्टी बिश्वकपका लागि नेपाली टोलीको घोषणा

बुधबार, वैशाख १९, २०८१

काठमाण्डौ । टि–ट्वान्टी बिश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषदले दिएको अन्तिम दिन बुधबार नेपाल क्रिकेटसंघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय बिश्वकप टोलीको घोषणा गरेको हो ।

घोषित टोलीमा दुई नयाँ अनुहारले स्थान पाएका छन् । एसीसी प्रिमियर कप खेलेका विवेक यादव र आकाश चन्दको स्थानमा कमल सिं ऐरी र सागर ढकालले बिश्वकपमा स्थान बनाएका छन् ।

यस्तै प्रतिश जीशी,सुन्दिप जोरा,अबिनाश बोहराले पनि बिश्वपमा स्थान बनाएका छन् । नियमित टोलीमा कप्तान पौडेलसंगै आशिफ शेख, अनिल शाह,कुशल मल्ल,कुशल भुर्तेल,दिपेन्द्रसिं ऐरी,ललित नारायण राजवंशी,करण केसी,गुल्शन झा सोमपाल कामी रहेका छन् । घरेलु मैदानमा जारी वेस्टइन्डिज ‘ए’संगको टी–२० लगत्तै नेपाली टोली बिश्वकपका लागि अमेरिका जाने छ । बिश्वकप जेठ २० गते देखि वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुँदै छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्