ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

विश्वकपमा नेपाल जितविहिन , बंगालादेशसंग २१ रनले पराजित

बलरहरुले राम्रो प्रदर्शन गरेपनि ब्याटिङ चल्न सकेन
सोमबार, असार ३, २०८१

काठमाडौँ :टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा पनि नेपालल बंगालादेशसंग पराजित भएको छ ।

सोमवार विहान भएको खेलमा नेपाल बंगलादेशसंग २१ रनले पराजित भएको हो ।यो जितसँगै बंगालादेश २०२४ को टी–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । सोमवार भएको खेलमा टस जितेर ब्याटिङ गर्दै बंगलादेशले १ सय ७ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ८५ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि घातक बलिङ गर्दै तान्जिम हसन शकिबले सवर्काधिक ४ विकेट लिए । नेपालका लागि कुशल मल्लले २७ दिपेन्द्र सिंहले ऐरीले २५ तथा ओपनर आसिफ शेख १७ रन बनाएपनि अन्य खेलाडीले दोहारो अंकको रन छुन सकेनन् ।

नेपालका बलरहरुले राम्रो प्रदर्शन गरेपनि ब्याटिङ चल्न सकेन । बंगलादेशका लागि तनजिम हसनले घातक बलिङ गरे । उनले ४ ओभरमा ७ रन दिएर ४ विकेट लिए । उनले २ मेडेन ओभर पनि खेले ।मुस्ताफिजुर रहमानले ४ ओभरमा ७ रन दिएर ३ विकेट लिए । उनले पनि एक ओभर मेडन राखे सकिब अल हसनले २ विकेट लिए ।

त्यसअघि वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित आरनोस भेल स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको बंगलादेशले १९.३ ओभरमा सवै विकेट गुमाएर १०६ रन बनाएको थियो । नेपालले कसिलो बलिङसंगै उत्कृष्ट फिल्डिङ गरेपछि बंगालादेश पूरा ओभर टिक्न सकेन । बंगलादेशकालागि शकिब अल हसनले सर्बाधिक १७ रनको योगदान गरे । रिशाद हुसेन र मोहम्मद महमुदुल्लाहले १३ १३ रन बनाउँदा जाकर अलीले १२ रन जोडे ।  

लिटन दासले १० नजमुल रन जोड्दा  कप्तान हुसेन शान्तो ४ रनमा पवेलियन फर्किएका थिए । बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ रोहित पौडेल र सोमपाल कामी सन्दीप लामिछाने र दिपेन्द्र सिं एरीले समान २/२ विकेट हात पारे ।

सन्दीपको एक सय विकेटको किर्तिमान :

यहि खेलबाट सन्दीप लामिछानेको टी–२० अन्तराष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् ।

अमेरिकाले भिषा नदिएपछि अमेरिकामा खेल्न नपाएका उनले वेष्टईण्डिजमा दक्षिण अफ्रिकासंग खेलेपनि विकेट बिहिन रहेका थिए । बंगलादेशसंगको दोस्रो खेलमा उनले दुई विकेट लिएसंगै टी–२० अन्तराष्ट्रिय क्रिकेटमा उनले एक सय विकेटको किर्तिमान बनाएका हुन् । टी–२० अन्तराष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने लामिछाने पहिलो नेपाली खेलाडी हुन् ।

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्