ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

सुपर -८ मा पुग्ने सबै टोलीको छिनोफानो

सोमबार, असार ३, २०८१

काठमाण्डौँ :आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर -८ समिकरण पुरा भएको छ ।

सोमवार भएको खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश सुपर ८ मा पुगेपछि विश्वकपको सुपर ८ मा पुग्ने आठ ओटै टोलीको टुंगो लागेको हो । समुह "डी" बाट बंगलादेश ६ अंक सहित दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको हो  । यहि समुहबाट दक्षिण अफ्रिका अपराजित रहँदै सुपर -८ मा पुगिसकेको छ । 
यी हुन् सुपर -८ मा पुग्ने आठ टोली :
समुह :"ए " : भारत र अमेरिका
समुह "बी" :अष्ट्रेलिया र इंग्ल्याण्ड
समहु "सी" :अफगानिस्तान र वेष्टईण्डिज
र 
समुह "डी": दक्षिण अफ्रिका र बंगलादेश

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्