ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकप क्रिकेटमा श्रीलंकाको सान्त्वना जित

नेदरल्याण्डस ८३ रनले पराजित
सोमबार, असार ३, २०८१

काठमाडौँ : आइसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले सान्त्वना जित निकालेको छ ।

सोमवार भएको अन्तिम खेलमा नेदरल्याण्डलाई ८३ रनले हराउँदै श्रीलंकाले प्रतियोगितामा सुखद् अन्त्य गरेको छ । जितकालागि २०२ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसले १६.४ ओरमा सवै विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो ।

उसकालागि माइकल लेविट र कप्तान स्कट एडवर्ड्सले ३१/३१ रनको योगदान गरेपनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङमा तानिएको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।उसकालागि चरित असालान्का र धनञ्जय डी सिल्भाले समान ४६/४६रनको योगदान गरे ।

एन्जेलो म्याथ्यूज ३० तथा कप्तान वानिन्दु हसरंगा २० रनमा अविजित रहँदा कुशल मेण्डिसले १७ रन जोडे ।

जितसंगै श्रीलंकाले ३ अंक सहित समुह "डी"को तेस्रो स्थानमा रहँदै विश्वकप अन्त्य गरेको छ । 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्