ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आगामी विश्वकप भारत र श्रीलंकामा

१२ टोली सिधै छनौट,नेपालले छनौट खेल्नुपर्ने 
सोमबार, असार ३, २०८१

काठमाडौँ : आगामी सन् २०२६ मा हुने आईसीसी टि–२० विश्वकप क्रिकेटमा १२ ओटा टोली सिधै छनोट भएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीका अनुसार यस बर्षको बिवश्वकमा सुपर ८ मा पुगेका ८ ओटा टोली अफगानिस्तान,अष्ट्रेलिया,बङ्गालादेश र इंग्ल्याण्ड आगामी विश्वकपका छनौट भएको हो । यस्तै दक्षिण अफ्रिका,अमेरिका र वेष्टईण्डिजले पनि सुपर ८ भित्र रहँदै विश्वपमा स्थान बनाएको हो

। यस्तै टि–२० वरियताका आधारमा पाकिस्तान,न्यूजल्णण्ड र आयरल्याण्डलेपनि बिश्वकपमा सोझै स्थान बनाएको छ । आयोजकका रुपमा भारत र श्रीलंका पनि विश्वकपमा छानिएका छन् । सन् २०२६ को विश्वकप  भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने आईसीसीले जनाएको छ ।

१२ ओटा टोलीले विश्वकपममा सिधै स्थान बनाउँदा नेपालसहित अन्य ८ टोलीले विश्वकप छनौटका खेलहरु खेल्नुपर्ने भएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्