ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

वेस्टइन्डिजसंग अफगानिस्तान १०४ रनले पराजित

पुरनले तोडे गेलको किर्तमानी
मंगलबार, असार ४, २०८१

काठमाडौँ : टि–२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई १०४ रनले हराएको छ ।

वेस्टइन्डिजले दिएको २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनमा समेटियो । अफगानिस्तानकालागि इब्राहिम जद्रानले सर्वाधिक ३८ रनको योगदान गरे । नजिबुल्लाह जाद्रानले २३ तथा कप्तान राशिद खानले १८ रन जोडे ।

त्यसअघि सेन्ट लुसियास्थित ड्यारेन सामी राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको वेष्टईण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१८ रनको बिशाल स्कोर खडा गर्यो । वेष्टईण्डिजकालागि निकोलस पुरनले किर्तिमानी ९८ रनको योगदान गरे । ५३ बलको सामना गरेका उनले ६ चौका र ८ छक्का प्रहार गरे ।

यहि खेलबाट पुरनले क्रिस गेलको किर्तिमानी भंग गरेका छन् । गेलले एकै ईनिङमा ७ छक्का प्रहार गर्दै किर्तिमानी बनाएका थिए । उक्त किर्तिमानी पुरनले आफ्नो नाममा लेखाएका हुन् । उनले ८ छक्का प्रहार गरेका हुन् ।

जोनसन चार्ल्सले ४३ तथा कप्तान रोम्यान पावेलले २६ रन जोडे । 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्