ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साहिलले तोडे सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान 

२७ बलमा शतक प्रहार
मंगलबार, असार ४, २०८१

एजेन्सी : इस्टोनियाका  साहिल चौहानले टी–२० आईमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान तोडेका छन् ।

साइप्रस विरुद्धको खेलमा उनले उक्त किर्तिमान बनाएका हुन् । उनले मात्र २७ बलमा शतक प्रहार गर्दै  नामिबियाका जान निकोल लोफ्टी–इटनलको किर्तमान भंग गरेका हुन् ।

३२ वर्षीय चौहानले उक्त खेलमा ४१ बलको सामना गर्दै १४४ रनमा अविजित रहेका थिए । ३३ बलमा शतक बनाएका नामिबियाका लोफ्टी–इटनल दोस्रो तथा नेपालका कुशल मल्ल तेस्रो स्थानमा छ । मल्लले ३४ बलमा शतक प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाका डेभिट मिलर चौथो तथा भारतका रोहित शर्मा पाँचौ स्थानमा छन् ।

यी दुवैले ३५ बलमा शतक प्रहारेका छन् । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्