ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

विश्वकपको सुपर–८ मा अमेरिका र दक्षिण अफ्रिका भिड्दै

बुधबार, असार ५, २०८१

काठमाडौँ : टी–२० विश्वकप क्रिकेटमा बुधवारबाट सुपर–८ का खेल सुरु हुने भएका छन् ।

सुपर–८ को पहिलो खेल अमेरिका र दक्षिण अफ्रिकाबीच हुन लागेको हो ।  यी दुई टोलीको खेल एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा नेपाली समय अनुसार साँझ ८:१५ बजे हुनेछ । अमेरिकाको तुलानामा दक्षिण अफ्रिका बलियो देखिन्छ । दक्षिण अफ्रिकाले समूह चरणका सबै खेल जितेको छ ।

दुवै टोलीले बुधवारको खेलमा स्पीन बलरलाई मैदानमा उतार्ने योजना बनाउनेछन् । चोटका कारण भारतविरुद्धको खेल गुमाएका अमेरिकी नियमित कप्तान मोनाङ्क पटेल यस खेलमा फर्कने सक्नेछन् । मोनाङ्कको स्थानमा आरोन जोन्सले नपरेका उनी खेलमा फर्कन सक्नेछन् । 

-यस्तो छ सम्भावित प्लेइङ इलेभेन
दक्षिण अफ्रिका :
क्विन्टन डी कक, रीजा हेन्ड्रिक्स, एडेन मार्कराम (कप्तान), ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेभिड मिलर, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्टजे, ओटनिल बार्टम्यान, तबरेज शम्सी ।
अमेरिका :
मोनाङ्क पटेल (कप्तान), स्टीवन टेलर, एन्ड्रिज गौस, आरोन जोन्स, नितिश कुमार, कोरी एन्डरसन, हरमित सिंह, शाडले भान शाल्कविक, जसदीप सिंह, सौरभ नेत्रावलकर, अली खान।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्