ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रोहितसंग झगडा गर्ने बंगाली खेलाडी कार्बाहीमा

बुधबार, असार ५, २०८१

काठमाडौँ : नेपालका कप्तान रोहित पौडेलसंग भनाभनमा उत्रिएका बंगलादेशी बलर कार्बाहीमा परेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशका बलर तान्जिम हसन साकिबलाई आचार संहिता उल्लंघन गरेको आरोपमा कार्बाही गरेको जनाएको छ ।

समुह चरणको अन्तिम खेलमा नेपालसँग भएको खेलमा हसन पौडेलसंग भनाभनमा उत्रिएका थिए । साकिबलाई आचार संहिता उल्लंघन गरेको आरोपमा म्याच शुल्कको १५ प्रतिशत जरिवाना समेत तिराईएको छ ।

उनले आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको पुष्टि भएको छ ।

बंगालादेशविरुद्धको खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्