ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आइपीएल :

पञ्जाबसामु १६३ रनको लक्ष्य

बुधबार, वैशाख १९, २०८१

काठमाडौं। ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा चेन्नेई सुपर किङ्सले जितका लागि पञ्जाव किङ्गससामु १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एम ए चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको छ । चेन्नईको लागि कप्तान रुतुराज गाइक्वाडले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन जोडे। अजिन्क्या रहानेले २९ रनको योगदान गर्दा समीर रिज्वीले २१ रन बनाउँदा क्याच आउट भए। मोइन अलिले १५ रन तथा महेन्द्रसिंह ध्वनीले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।
चेन्नईलाई सस्तैमा समेट्न पञ्जाबका हर्पित बरार र राहुल चहारले समान दुइ तथा कागिसरो रवदा र अर्सदीप सिंहले समान एक/एक विकेट लिए।
तालिकाको चौथो स्थानमा रहेको चेन्नई  छैंठौं जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिन चाहन्छ। उसले अहिलेसम्म खेलेको नौ खेलमा ४ हार र ५ खेलमा जित निकाल्दै १० अंक जोडेको छ।

६ अंकसहित ८ औं स्थानमा रहेको पञ्जाब आज चौथो जित निकाल्दै अंक तालिका सुधार्ने योजनामा छ। उसले खेलेको ९ खेलमध्ये ३ मा जित र ६ खेलमा हार ब्यहोरेको छ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्