ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टी–२० वरियतामा दिपेन्द्र सिंको ऐतिहासिक छलाङ 

बुधबार, असार ५, २०८१

काठमाडौँ :टी–२० अलराउण्डरतर्फको वरियतामा नेपालका दिपेन्द्र सिं ऐरीले छलाङ मारेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधवार सार्वजनिक गरेको पछिल्लो वरियतामा ऐरिले ऐतिहासिक छलाङ मारेका हुन् । यसअघि ९ औँ स्थानमा रहेका ऐरी तीन स्थान सुधार गर्दै शिर्ष ६ मा आईपुगेका छन् ।

केहि समय अघि ११ औँ स्थानमा रहेका उनी गतसाता मात्रै ९ औँ स्थानमा आईपुगेका थिए । बलिङतर्फ पनि ऐरीले २६ स्थान सुधार गरेका छन् । यसअघि १२२ औँ स्थानमा रहेका उनी नयाँ वरियतामा ९६ औँ स्थानमा आईपुगेका छन् । सोमपाल कामीले पनि ८ स्थान सुधार गर्दै ९१ औँ स्थानमा आईपुगेका छन् । कामी र ऐरी बाहेक अन्य कुनैपनि खेलाडी टी–२० बलिङतर्फको शिर्ष सय भित्र पर्न सकेका छैनन् ।

टी–२० अलराउण्डरतर्फको वरियतामा अष्ट्रेलियाका मार्कस स्टोइनिस शिर्ष स्थानमा छन् । श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो तथा बंगालादेशका शकिब अल हसन तेस्रो स्थानमा छन् ।

अफगानिस्तानका मोहम्मद नाबीको वरियता भने खस्किएको छ । गत साता शिर्ष स्थानमा रहेका नाबीको वरियता तीन स्थान खस्कँदै चौथो स्थानमा आईपुगेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्