ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० विश्वकप :

दक्षिण अफ्रिकाले दियो अमेरिकालाई १९५ रनको विशाल लक्ष्य

क्विन्टन डी ककको राष्ट्रिय किर्तिमान
बुधबार, असार ५, २०८१

काठमाडौँ : आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकासामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एन्टीगास्थित सर भिभिएन रिचार्डस् स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनायो । दक्षिण अफ्रिकाकालागि क्विन्टन डी ककले सर्वाधिक ७४ रनको योगदान गरे ।

४० बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । ककले यहि खेलबाट रीजा राफेल हेन्ड्रिक्सको नाममा रहेको राष्ट्रिय किर्तिमान तोडेका छन् । दक्षिण अफ्रिकाकालागि सर्वाधिक १६ अर्धसतक प्रहार गर्ने खेलाडीको किर्तिमान उनले बनाएका छन् । राफेलले १५ अर्धसतक प्रहार गरेका छन् । कप्तान एडेन मार्करामले ४६ रन जोडे ।

हेनरिक क्लासेनले ३६, ट्रिस्टन स्टब्सले २० तथा रीजा हेन्ड्रिक्सले ११ रनको योगदान गरे ।

दक्षिण अफ्रिका समूह चरणको अपराजित टिम हो । विश्वकपमा पहिलोपटक भाग लिएको अमेरिकाले समूह चरणमा भारतसँगको खेल हारेपनि पाकिस्तानलाई पराजित गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्