ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

विश्वकपको सुपर ८ मा दक्षिण अफ्रिकासगं अमेरिका पराजित

बिहीबार, असार ६, २०८१

काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासंग १८ रनले पराजित भएको छ ।

जितकालागि १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । अमेरिकाकालागि  एन्ड्रियास गाउस र स्टिभन टेलरले राम्रो सुरुवात गरेपनि लगातार विकेट पतनका कारण जित निकाल्न सकेन ।

गाउसले बिस्फोटक ब्याटिङ गर्दै अविजित ८० रनको योगदान गरे । ४७ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । हरमित सिंले ३८ तथा टेलरले २४ रन जोडे । पहिलो ३ ओभरमा स्टिभन टेलर र एन्ड्रिज गौसले २८ रन जोडेका थिए तर चौथो ओभरमा कागिसो रबाडाले टेलरलाई २४ रनको स्कोरमा प्याभिलियन पठाएका थिए ।

पावरप्ले सकिनुअघि अमेरिकाले ५० रनको आंकडा पार गर्दै उच्च प्रदर्शन गरेको थियो । तर छैठौं ओभरमा नितिश कुमार ८ रन बनाएर आउट भए । कुनै बेला अमेरिकाको स्कोर १ विकेटको क्षतिमा ५३ रन थियो तर त्यसपछिको २३ रनमै टोलीले ४ विकेट गुमाएको थियो ।

५ विकेटको क्षतिमा ७६ रन मा अड्किएको अमेरिकाको स्कोर त्यसपछि तिब्र गतिमा बढ्न थाल्यो । एन्ड्रिज गौस र हरमित सिंहले उत्कृष्ट साझेदारी गर्दै ७० रन जोडे । १५ औं ओभरको अन्तिम बलमा गौसले ३३ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । १५ ओभरको अन्त्यसम्ममा अमेरिकाले १२२ रन बनाएको थियो ।

जितका लागि ३० बलमा ७३ रन आवश्यक थियो । १५ औं र १६ औं ओभरमा ३२ रन जोडेपछि अमेरिका जित तर्फ लम्किएको थियो । तर १९ औं ओभरको पहिलो बलमा हरमित ३८ रन बनाएर आउट भए । यो ओभरमा २ रन मात्र बटुल्न सक्यो ।

त्यसअघि एन्टीगास्थित सर भिभिएन रिचार्डस् स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनायो ।

दक्षिण अफ्रिकाकालागि क्विन्टन डी ककले सर्वाधिक ७४ रनको योगदान गरे ।४० बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । ककले यहि खेलबाट रीजा राफेल हेन्ड्रिक्सको नाममा रहेको राष्ट्रिय किर्तिमान तोडेका छन् । दक्षिण अफ्रिकाकालागि सर्वाधिक १६ अर्धसतक प्रहार गर्ने खेलाडीको किर्तिमान उनले बनाएका छन् ।

राफेलले १५ अर्धसतक प्रहार गरेका छन् । कप्तान एडेन मार्करामले ४६ रन जोडे ।हेनरिक क्लासेनले ३६, ट्रिस्टन स्टब्सले २० तथा रीजा हेन्ड्रिक्सले ११ रनको योगदान गरे ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्