ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

वेष्टइण्डिजले दियो इंग्ल्याण्डलाई १८१ रनको चुनौति

बिहीबार, असार ६, २०८१

काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को दोस्रो खेलमा वेष्टइण्डिजले इंग्ल्याण्डसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

घरेलु मैदान ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम,सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८० ६ रन बनायो ।

उसकालागि जोनसन चार्लस्ले सर्वाधिक ३८ रनको योगदान गरे । कप्तान रोभम्यान पावेल र निकोलश पुरनले समान ३६ रन जोडे ।

शेर्फेन रदरफोर्डले २८ तथा रोमारियो शेफर्डले ५ रन बनाउँदा ब्रान्डन किङले २३ रनमा रिटायर्ट हार्ट लिएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्