ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप

इंग्ल्याण्डसंग वेष्टइण्डिजको लज्जास्पद हार

बिहीबार, असार ६, २०८१

काठमाडौँ :आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को दोस्रो खेलमा वेष्टइण्डिज पराजित भएको छ ।

समूह चरणका सबै चार खेल जितेको वेस्ट इन्डिजले सुपर–८ को पहिलो खेलमा घरेलु मैदानमा इंग्ल्याण्डसँग ८ विकेटको नमिठो हार बेहोरेको हो ।

जितकालागि वेष्टइण्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा मात्र २ विकेटको क्षतिमा भेटायो । इंग्ल्याण्डलाई जित दिलाउन फिलिप साल्टले महत्वपूर्ण योगदान गरे । ४७ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८७  रनको पारी खेले ।

त्यसअघि घरेलु मैदान ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम,सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८० ६ रन बनाएको थियो ।

उसकालागि जोनसन चार्लस्ले सर्वाधिक ३८ रनको योगदान गरे । कप्तान रोभम्यान पावेल र निकोलश पुरनले समान ३६ रन जोडे ।शेर्फेन रदरफोर्डले २८ तथा रोमारियो शेफर्डले ५ रन बनाउँदा ब्रान्डन किङले २३ रनमा रिटायर्ट हार्ट लिएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्