ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी - ट्वान्टी विश्कप:

सुपर ८ मा भारतको शुखद शुरुवात

शुक्रबार, असार ७, २०८१


काठमाडौँ: टी - ट्वान्टी विश्कपको सुपर ८ अन्तर्गतको खेलमा भारतले शुखद् शुरुवात गरेको छ ।

विश्वकपमा चौथो पटक आमनेसामने हुँदा भारतले सुपर ८ अन्तर्गतको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । 


१ सय ८२ रनको लक्ष्य पाएको अफगानिस्तान निर्धारित २० ओभरमा अलआउट हुँदै १३४ रनमा समेटियो । उसका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन जोड्दा नजिबुल्लाह जड्रनले १९, गुलबदीन नैवले १७, मोहम्मद नाबीले १४ तथा रहमनुल्लाह गुरबाजले ११ रन बनाएपनि अन्य ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् । 


बलिङतर्फ अर्षदीप सिंह र जसप्रित बुमराहले समान तीन/ तीन, कुलदीप यादवले दुइ तथा रविन्द्र जडेजा र अक्षर पटेलले एक/एक विकेट झारे ।
त्यसअघि टस जितेर शुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन जोडे । हार्दिक पाण्डेयाले ३२, विराट कोहलीले २४, रिसव पन्तले २० तथा अक्षरर पटेलले १२ रन बनाए । 


अफगानिस्तानका फजलहक फारुकी र रसिद खानले तीन/तीन विकेट लिँदा नवीन उल हकले एक विकेट झारे । 
जितसँगै २ अंक जोडेको भारत समुह १ को शीर्ष स्थानमा छ भने जारी विश्वकपमा भारतको अपराजित यात्रा कायमै छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्