ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी-२० विश्वकप:

सुपर ८ को खेलमा अष्ट्रेलियासामु १४१ रनको चुनौती

शुक्रबार, असार ७, २०८१


काठमाडौँ: आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गतको सुपर ८ को खेलमा बंगलादेशले अष्ट्रेलियासामु १४१ रनको चुनौती पेश गरेको छ ।


एन्टीगास्थित सर भिभीयन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रनको योगफल तयार पारेकाे छ ।
बंगलादेशका लागि नजमुल हुसैनले सर्वाधिक ४१ रन जोडेका छन् । तोहिद हृदयले ४० बनाउँदा लिट्टोन दासले १६ रन र तस्किन अहमतले अहमेदले अविजित १३ र तान्जिम हसन साकिब ४ रनमा नट आउट रहे ।


बलिङतर्फ प्याट कमिन्सले तीन, अदम जम्पा दुइ तथा मिचेल स्टार्क, मार्कस स्टोईनिस र ग्लेन म्याक्सवेलले एक/एक विकेट झारे ।
पहिले ब्याटिङमा उत्रिएको बंगलादेशले पहिलो ओभरको तेस्रो बलमै विकेट गुमाएको थियो ।


जारी विश्वकपमा अष्ट्रेलियाले समुह चरणका खेलहरुमा अपराजित रहँदै सुपर ८ मा पुगेको हो भने बंगलादेश समुह चरणका तीन खेल जितेर सुपर ८ मा पुगेको हो ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्