ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दीपेन्द्रसिंह ऐरीले युएईमा आईएल टी–२० लिग खेल्ने

शुक्रबार, असार ७, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी गल्फ जायन्ट क्लबमा अनुबन्ध भएका छन् ।

युएईमा आगामी जनवरी ११ देखि फेब्रुअरी ९ सम्म आयोजना हुने आईएल टी–२० लिगका लागि ऐरी गल्फ जायन्ट क्लबमा अनुबन्धन भएका हुन् ।

गल्फ जायन्टले ऐरीसहित अन्य खेलाडीहरु रहेको तस्वीर शुक्रवार सार्बजनिक गरेको छ ।

यसअघिको सिजन पनि ऐरीले गल्फ जायन्टबाट खेलेका थिए । आईएल टी–२० लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्