ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वेष्टइण्डिजविरुद्धको सिरिज श्रीलंकाद्धारा क्लीन स्वीप

शुक्रबार, असार ७, २०८१

काठमाडौँ : वेष्टइण्डिजविरुद्धको एक दिवशीय सिरिज श्रीलंकाले क्लीन स्वीप गरेको छ ।

शुक्रवार भएको तेस्रो तथा अन्तिम महिला एक दिवशीय खेलमा घरेलुटोलीले वेष्टइण्डीजमाथि १६० रनको किर्तमानी जित निकालेको हो । महिला एक दिवशीयमा श्रीलंकाले निकालेको जित अहिले सम्मकै सर्बाधिक फराकिलो जित समेत हो । यसअघि यो टोलीले पाकिस्तानमाथि १५५ रनको जित निकालेको हो ।

जितकालागि श्रीलंकाले दिएको २७६ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज ३४.५ ओभरमा सवै किवेट गुमाउँदै ११५ रनमा समेटियो । उसकालागि चेडियन नेशनले सर्वाधिक ४६ रनको योगदान गरिन् । आलिया एलिनेले २७ तथा  स्टेफनी टेलर १६ रन बनाएपनि अन्य खेलाडीहरुले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

वेष्टइण्डिजलाई सस्तैमा समेट्ने क्रममा  सचिन निसानशालाले घातक बलिङ गरिन् । ५.५ ओभर बलिङ गरेकी उनले १ ओभर मेडन राख्दै २८ रन खर्चिएर सर्वाधिक ५ विकेट लिईन् ।

त्यसअघि महिन्दा राजापाक्षे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७५ रन बनाएको थियो । श्रीलंकाकालागि कप्तान सामरिटन अडपट्टीसहित ३ खेलाडीले अर्धशतकिय पारी खेले ।

१०६ बलको सामना गरेकी कप्तान अडपट्टी ले १० चौका र दुई छक्का प्रहार गर्दै सर्वाधिक ९१ रनको योगदान गरिन् ।  निलाक्षीका सिल्भाले ६३ तथा अनुष्का संजीवनीले ५५ रन जोड्दा  विष्मी गुणरत्नेले ४४ रन जोडिन् । यसअघि भएको पहिलो खेलमा घरेलुटोलीसंग वेष्टइण्डिज ६ तथा दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्