ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई दियो १६४ रनको लक्ष्य 

शुक्रबार, असार ७, २०८१

काठमाडौँ :आईसीसी टी–विश्वकप अन्तर्गतको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डसामु १६४  रनको मध्ययम लक्ष्य पेश गरेको छ ।

वेष्टइण्डिजको घरेलु मैदान ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम,सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनायो ।

दक्षिण अफ्रिकाका लागी क्वीनटन डे ककले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६५ रनको योगदान गरे । ३८ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । डेभिड मिलरले ४३ तथा रीजा हेन्ड्रिक्सले १९ रन जोडे ।

दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच अहिले सम्म ६ खेलहरु भएका छन् । जसमा २ खेल इंग्ल्याण्डले जितेको छ । बाँकी ४ खेलमा दक्षिण अफिका विजयी भएको छ ।

जारी विश्वकमा दक्षिण अफ्रिका अपराजित टोली समेत हो । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्