ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीप लामिछानेले भने :म षडयन्त्रको शिकार भएँ

बुधबार, वैशाख १९, २०८१

काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको बताएका छन् । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका उनको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाईको टुंगो नलाग्दा लामिछानेले विश्वकप समेत खेल्ने अवसर गुमाएका हुन् ।

बुुधबार क्यानले टी–२० विश्वकप खेल्ने नेपाली टोली सार्बजनिक गरेलगत्तै उनले राती समाजिक सञ्जालमार्फत उक्त असन्तुष्टि पोखेका हुन् । नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका उनल त्यसको कहिसमयपछि अर्को पोस्ट गर्दै आफु षड्यन्त्रको शिकार भएकोमा  कुनै शंका नरहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान्ले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा  छोड्छु । सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’
यो पनि पढ्नुहोस :सन्दीपको बिश्वकप खेल्ने सपना टुङ्गियो

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्