ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नाक भाँचिएपछि एम्बप्पेले मास्क लगाएर खेल्ने

शुक्रबार, असार ७, २०८१

एजेन्सी : फ्रान्सेली फुटबल स्टार किलीयन एम्बप्पेले नेदरल्याण्डसविरुद्धको खेलमा मास्क लगाएर खेल्ने भएका छन् । अस्ट्रियाविरुद्धको खेलमा नाक भाँचिएपछि एम्बप्पेले शुक्रवार राती हुने नेदरल्याण्ड्संको खेलमा मास्क लगाएर खेल्न लागेका हुन् ।  फ्रेन्च फुटबल फेडेरेसनले उनको अबस्थमा अहिले सामान्य नै रहेको बताएको छ । यद्धपी उनको नाक भने सुन्निएको छ ।

तत्काल उनलाई खेलाउने की नखेलाउने भन्ने बारेमा निर्णय भईसकेको छैन ।

जारी युरोकपमा फ्रान्सले विजयी शुरुवात गरिसकेको छ । पहिलो खेलमा फ्रान्सले अस्ट्रियालाई १–० गोलले पराजित गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्