ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–विश्वकप :

इंग्ल्याड विरुद्ध रोमाञ्चक जितपछि दक्षिण अफ्रिका सेमिफाईनल नजिक

शनिबार, असार ८, २०८१

काठमाडौँ :आईसीसी टी–विश्वकप अन्तर्गतको सुपर–८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रवार राती भएको खेलमा इंग्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित निकालेको हो ।

जितकालागि १४१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो । उसकालागि ह्यारी ब्रुकले सर्बाधिक ५३ तथा लियाम लिभिङस्टोनले ३३ रन बाहेक अन्य ब्याटरले समझन लायकको प्रदर्शन गर्न सकेनन् ।

१० औँ ओभर सम्म निकै धर्मराएको इंग्ल्याण्डको पारी लिभिङस्टोन र ब्रुकको साझेदारीले थप रोमाञ्चक बनाएको थियो ।  इंग्ल्याण्डले १४ ओभरमा ४ विकेटको क्षतिमा  ८७ रन बनाएको थियो ।

१५ औं ओभरबाट उनीहरुले आक्रमक पारी खेलेपछि इंग्ल्याण्ड जित नजिक पुगेको थियो । ३ ओभरमा यी दुई जनाले ५२ रनको साझेदारी गरेका थिए । तर अन्तिम २ ओभरमा सम्हालिन नसक्दा इंग्ल्याण्डले जितिसकेको खेल गुमाउन पुग्यो । १८ औं र १९ औं ओभरमा दक्षिण अफ्रिकी बलरले खेल आफ्नो पक्षमा पारेपछि रोमाञ्चक जित निकालेको हो ।

त्यसअघि वेष्टइण्डिजको घरेलु मैदान ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियम,सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनायो ।

दक्षिण अफ्रिकाका लागी क्वीनटन डे ककले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६५ रनको योगदान गरे । ३८ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । डेभिड मिलरले ४३ तथा रीजा हेन्ड्रिक्सले १९ रन जोडेका थिए ।

सुपर–८ मो यो लगातार दोस्रो जित निकालेको दक्षिण अफ्रिकाका सेमिफाइनल पुग्ने लगभग निश्चित छ । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्