ADD FOR WEBSIDE ADD FOR WEBSIDE
युरो कप :

एम्बाप्पे बिनाको फ्रान्स नेदरल्यान्ड्ससंग बराबरीमा

शनिबार, असार ८, २०८१

एजेन्सी :महत्वपूर्ण खेलाडी किलीयन एम्बाप्पे बिना मैदान उत्रिएको फ्रान्सले युरो कप २०२४ मा नेदरल्यान्ड्ससंग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।

लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दोस्रो हाफमा नेदरल्याण्डको टोलीले गोल गरेपनि रेफ्रिले मान्यता दिएन ।

फ्रान्सले गोल गर्ने महत्वपूर्ण अवसरहरु पाएपनि सदुपयोग भने गर्न सकेन । बराबरीसंगै दुबै टोली नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

euro-cup-1719020349.jpg

दुई खेल पछि दुबै टोलीको चार अंक भएपनि गोलअन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ को शीर्षस्थानमा छ भने फ्रान्स दोस्रोमा स्थानमा छ ।

अस्ट्रियाविरुद्धको खेलमा नाक भाँचिएपछि एम्बाप्पेले नेदरल्याण्ड्संको खेल गुमाएका हुन् ।
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्