ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

अमेरिकाले दियो वेष्टइण्डिजलाई १२९ रनको  लक्ष्य

शनिबार, असार ८, २०८१

काठमाडौँ :आईसीसी टी–२० विश्वकप अन्तर्गतको सुपर–८ को खेलमा अमेरिकाले वेष्टइण्डिजसामु जितकालागि १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केन्सिङ्टन ओवल, ब्रिजटाउन, बार्बाडोसमा टस जितेर घरेलुटोलीले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा तानिएको अमेरिकाले १९.५ ओभरमा सवै विकेट गुमाएर १२८ रन बनायो ।

अमेरिकाकालागि एन्ड्रिज गोसले सर्वाधिक २९ रनको योगदान गरे । नितिश कुमारले २० ,मिलिन्द कुमारले १९ तथा  कप्तान आरोन जोन्शले ११ रन जोडे । कोरी एन्डरसनले ७ तथा स्टेभन टेलरले २ रन जोडे ।

हर्मित सिंले खातानै खोल्न सकेनन् । बलिङतर्फ रोस्टन चेसले र आन्द्रे रसेलले सर्वाधिक ३/३ विकेट लिए ।  
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्