ADD FOR WEBSIDE ADD FOR WEBSIDE

च्याम्पियन्स ट्रफी खेल्न भारत जाला त पाकिस्तान ? 

शनिबार, असार ८, २०८१

काठमाडौँ : अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले च्याम्पियन्स ट्रफी पाकिस्तानमा गर्न स्वीकृति दिएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले च्याम्पियन्स ट्रफी २०२५ आयोजनाकालागि राखेको प्रस्तावमा आईसीसीले सहमति जनाएको हो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को सुरक्षा व्यवस्थालाई लिएर आलोचना भईरहेका बेला च्याम्पियन्स ट्रफी २०२५ को खेलतालिका स्वीकृत भएको हो ।

च्याम्पियन्स ट्रफी आगामी फब्रुअरी १९ देखि मार्च ९ सम्म पाकिस्तानमा हुनेछ । च्याम्पियन्स ट्रफी पाकिस्तानको लाहोर,कराँची र रावलपिण्डीमा रंगाशालामा हुनेछ । च्याम्पियन्स ट्रफीमा आयोजक पाकिस्तानसंगै भारत, अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तान सहभागी रहनेछन् ।

एकदिवशीय ढाँचामा हुने च्याम्पियन्स ट्रफीमा एकदिवशीय वरियतामा रहेका शिर्ष ८ टोलीले सहभागीता जनाउन पाउनेछन् । पाकिस्तान डिफेन्डिङ च्याम्यिन टोली समेत हो । सन् २०१७ को संस्करण पाकिस्तानले जितेको थियो । सन् १९९८ बाट सुरुभएको यस प्रतियोगिता सन् २०१७ यता सुरु हुन सकेको छैन ।


भारत पाकिस्तान नजाने
आईसीसीले पीसीबीको प्रस्तावित कार्यतालिकालाई अनुमोदन गरेपनि भारतीय क्रिकेट बोर्ड बीसीसीआईले प्रस्ताव अस्वीकार गर्ने उच्च सम्भावना छ । गत वर्ष भएको एसिया कपमा पनि भारत पाकिस्तान जान अस्वीकार गरेपछि  भारतीय टोलीका सबै खेल श्रीलंकामा आयोजना गरिएको थियो । यसपटक पनि भारत पाकिस्तान नजान सक्छ । यस्तो अवस्थामा भारतका खेलहरु तटस्थ भुमी युएईमा हुने अनुमान गरिएको छ ।


 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्