ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप

वेष्टईण्डिजसंग अमेरिका ९ विकेटले पराजित

शनिबार, असार ८, २०८१

काठमाडौँ : साई होपले बिस्फोटक ब्याटिङ गरेपछि वेष्टईण्डिजले आईसीसी टी–२० विश्वकप क्रिकेट  अन्तर्गत सुपर–८ को खेलमा पहिलो जित निकालेको छ ।

शनिवार बिहान भएको खेलमा अमेरिकालाई ९ विकेटले हराउँदै शानदार जित दर्ता गरेको हो । जितकालागि अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेष्टइण्डिजले १० दशमलब ५ ओभरमा मात्र १ विकेटको क्षतिमा भेटायो ।

वेष्टइण्डिजको जितमा साई होपले बिस्फोटक ब्याटिङ गर्दै छक्का र चौकाको बर्षा गराए । ३९  बलको सामना गरेका उनले ४ चौका र ८ छक्का प्रहार गर्दै नटआउट ८२ रन जोडे ।  निकोलश पुरनले २७ तथा जोनशल चाल्र्सले १५ रन जोडे ।

त्यसअघि केन्सिङ्टन ओवल, ब्रिजटाउन, बार्बाडोसमा टस जितेर घरेलुटोलीले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा तानिएको अमेरिकाले १९.५ ओभरमा सवै विकेट गुमाएर १२८ रन बनाएको थियो  ।

अमेरिकाकालागि एन्ड्रिज गोसले सर्वाधिक २९ रनको योगदान गरे । नितिश कुमारले २० ,मिलिन्द कुमारले १९ तथा  कप्तान आरोन जोन्शले ११ रन जोडे । कोरी एन्डरसनले ७ तथा स्टेभन टेलरले २ रन जोडे ।हर्मित सिंले खातानै खोल्न सकेनन् । बलिङतर्फ रोस्टन चेसले र आन्द्रे रसेलले सर्वाधिक ३/३ विकेट लिए ।  जितसंगै वेष्टईण्डिज २ अंक सहित समुह "बी"को दोस्रो स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिका यस समुहको शिर्ष स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्